कोभिड-१९ विरुद्ध

टिडीओ नेपाल

- टिडीओ नेपाल

Decorative graphic
fusion-medical-animation-rnr8D3FNUNY-uns

नेपालमा चैत देखि फैलिएको कोभिड-१९ विश्वव्यापी प्रकोप अहिले तीव्र गतिमा फैलिरहेको छ। नोभेम्बर १२सम्मको संख्या हेर्दा, दुई लाख दुई हजार तीन सय व्यक्तिलाई संक्रमण भैसकेको छ। असोज कार्तिकमा मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको थियो। दशैं तिहार जस्ता चाड पर्वले गर्दा पनि मानिसहरूको गति बढिरहेकोले संक्रमित संख्या बढेको आंकलन गर्न सकिन्छ।

टिडीओ नेपाल एउटा मोबाइल स्वास्थ्य सेवा प्रदायक हो र कोभिड-१९ विरुद्ध लड्न यसले खेलेको भूमिका प्रशंसनीय छ। अप्रिल ताका नेपालमा कोरोना भाइरस देखिँदै गर्दा, यसले नेपालफाइट्सकोरोना डट कम लन्च गरेको थियो र कोभिड-१९ विरुद्ध लड्न, सजग हुन, लक्षणहरू पहिचान गर्न र सम्पूर्ण रुपमा सामना गर्न टिडीओ नेपालको देन ठुलो छ। यसले छ महिनाको अवधिमा २० देखि ३० हजार निःशुल्क फोन मार्फत डाक्टर परामर्श प्रदान गर्यो। थुप्रै बिरामीहरूलाई कोभिड-१९ को डर र त्रास कम गर्न परामर्श दियो। अस्पतालको चाप बढेको बेला घरमै आइसोलेसन वा क्वारेन्टाईन बस्न सुझाव दियो। कोभिड-१९ को संका लागेका बिरामीहरूलाई निदान गर्न र आवश्यक चाल्नुपर्ने कदमहरू बारे सचेत गरायो।

यसले तयार पारेको कोभिड-१९ को लागि स्वयम् मुल्यांकन टुल प्रयोग गरेर प्रयोगकर्ताहरूले आफुलाई कोभिड-१९ भएको हो कि होइन भन्ने संका हटाउन सक्ने भए। पछिल्लो समयमा टिडीओ नेपालले कोभिड-१९ विरुद्ध लड्नको लागि कोभिड केयर प्याक ल्यायो जसमा प्रयोगकर्ताहरूले आरटि-पिसिआर परिक्षण, निःशुल्क १ महिना डाक्टर परामर्श, टिडीओ ल्याबमा छुट, स्वास्थ्य लेखहरूमा पहुँच पाउँन सक्छन्।

 

टिडीओ नेपालले असार ताका रेडियो नेपालमा आफ्नो डाक्टरलाई आम श्रोताहरूको कोभिड-१९ बारे जिज्ञासाहरू सोध्ने मौका दियो जहाँ डाक्टरले श्रोताहरूको जिज्ञासा कार्यक्रम मार्फत जवाफ दिएर थुप्रै अन्य श्रोताहरूलाई कोभिड-१९ बारे जानकारी प्राप्त भयो। कोभिड-१९ विरुद्ध टिडीओ नेपालको प्रयत्नहरू जारी छन्। टिडीओ डाक्टरहरूले फोन मार्फत स्वास्थ्य परामर्शहरू दिरहेका छन्, टिडीओले बिरामीहरूलाई बाहिर जान नपर्ने जोखिम मोल्न नपर्ने किसिमले घरमै आरटि-पिसिआर टेस्ट उपलब्ध गरिरहेको छ। योग्य प्राविधिक पिपिइ किटलगाएर नाक वा घाँटीबाट स्वाब संकलन गरेर जान्छन् र एक दिन भित्र नतिजा बिरामीले प्राप्त गर्न सक्दछ।

 

कोभिड-१९ ले सृजना गरेको मानसिक तनाव, वा असर कम गर्न र सहज गर्न पनि टिडीओ नेपालको भूमिका अथक छ। नेपालफाइट्सकोरोना डट कममा गएर कोभिड-१९ बारे अनेकन प्रश्नहरूको उत्तर विशेषज्ञबाट लिएर राखिएका छन् जुन दुवै नेपाली र अंग्रेजीमा उपलब्ध छ। कोभिड-१९ विरुद्ध लड्न आफ्नो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु महत्वपूर्ण हुन्छ र यसको लागि टिडीओ नेपालले थुप्रै इन्फ्रोग्राफिक्सहरू मार्फत आम मानिसहरूलाई फेसबुकबाट सूचना सम्प्रेषण गरिरहेको छ।